काठमाण्डौ, १६ कात्तिक– पछिल्लो २४ घण्टायता देशभर कुल २ हजार ८ सय २४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट संकलन गरिएको तथ्यांकअनुसार आज ३ हजार ६ सय २० संक्रमितले कोरोना जितेका छन् । आजको पिसिआर १३ हजार २३ रहेको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । सक्रिय संक्रमित ३७ हजार ७ सय ६५ रहेका छन् । कोरोनासम्बन्धी दैनिक गरिने मिडिया ब्रिफिङ हाल भने हप्ताको दुई दिन (आइतबार र बुधाबार) हुने गरेको छ । आज प्रवक्ता गौतमले बताएअनुसार देशभरका क्वारेन्टाइनमा अझै पनि २ हजार ३ सय ८६ जना बसिरहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा ३० हजार ९ सय ८६ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ७९ जना छन् ।





