बागलुङ, १८ कात्तिक– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । सोमबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचार गराईरहेकी कास्कीका एक महिलाको मृत्यु भएको छ । सघन उपचार कक्षमा उपचाररत पोखरा ५ की ५९ वर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको प्रतिष्ठानले बिज्ञप्ती मार्फत पुष्टि गरेको छ । कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको सोमबार राति ११ :०० बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जारीगरेको बिज्ञप्तीमा उल्लेख छ ।





