बागलुङ, १८ कात्तिक– मंगलवार धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएका ६६ बर्षिय कोरोना संक्रमित पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । बागलुङ नगरपालिका र धौलागिरी अस्पतालको सहयोगमा श्री नं. २३ बाहिनी अड्डा, सेराडील व्यारेक बागलुङले ती पुरुषको शव निरहे घाट नजिकै व्यवस्थापन गरेको हो । उनको मंगलबार बिहान मृत्यु भएको थियो । उच्च रक्तचाप, मधुमेह लगायतका समस्या रहेका ती पुरुष गत कात्तिक १२ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए । धौलागिरी अस्पतालमानै संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।














