शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोनाबाट मृत्युहुनेको संख्या एकहजार नाघ्यो

कोरोनाबाट मृत्युहुनेको संख्या एकहजार नाघ्यो


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार

काठमाण्डौ, १८ कात्तिक– पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हिजो अहिलेसम्मकै सबैभन्दा धेरै २४ जना संक्रमितको मृत्यु भएको थियो । यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।
नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) बाट जेठ १ गते पहिलो मृत्यु भएको थियो । २०७६ माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गएको थियो ।
कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ निवासी २९ वर्षीया महिला थिइन् । उनी त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको जेठ १ गते राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको थियो ।
नेपालमा पछिल्लो चौबीस घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ । त्यसैगरी आइसीयूमा ३७२ र ६८ जना भेन्टीलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->