काठमाण्डौ, १९ कात्तिक– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ३० संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । यो मृत्युदर अहिलेसम्मकै उच्च रहेको छ । योसँगै मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको छ । बुधबार देशभर पछिल्लो २४ घन्टायता ३ हजार ३ सय ९ जना कोरोना (कोभिड–१९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ४४ पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले पछिल्लो एक दिनमा ३८ सय ४४ जनाले कोरोनालाई जितेको जानकारी दिए ।
नेपालमा पहिलो पटक गत जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएकी थिइन् । नेपालमा २०७६ माघदेखि नेपालमा कोरोना फैलिएको हो ।





