शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एक महिलासहित ६ जना संक्रमितको मृत्यु

गण्डकीमा एक महिलासहित ६ जना संक्रमितको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०७७, बुधबार
फाईल तस्विर

बागलुङ, १९ कात्तिक– गण्डकी प्रदेशमा अध्यावधिक बिबरण अनुसार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार कास्कीका पाँच जना र तनहुँका एक जना संक्रमितको मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिका–३२ की ४२ बर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । उनको मंगलवार बिहान पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा महानगर पालिका–२६ का ७३ बर्षिय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । उनी सोही अस्पतालमा उपचाररत थिए । वडा नं. २५ का ५२ बर्षिय पुरुषको पनि सोही अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको निर्देशनालयले जनाएको छ । चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा–१६ का ५९ बर्षिय पुरुषको मंगलबार बिहान उपचारको क्रममा मृत्युभएको बिज्ञप्तीमा उल्लेख छ । तनहुँको व्यास नगरपालिका–४ का ७० बर्षिय पुरुषको बुधबार बिहानै चरक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छभने कास्कीको पोखरा महानगरपालिका–१६ का २८ बर्षिया संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो बिबरण अनुसार गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->