काठमाडौं , २० कात्तिक– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ । त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३४ सय ३० जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ४८ हजार ४०८ छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या एक हजार ५२ पुगेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा १३ हजार ६८ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १५ लाख ७ हजार १९० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।





