शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मैत्रीपूर्ण खेलको लागि फुटबल टोली बंगलादेशतर्फ

मैत्रीपूर्ण खेलको लागि फुटबल टोली बंगलादेशतर्फ

यसअघि घरेलु मैदानमै प्रशिक्षणमा रहेको टोलीका ७ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।


  • विजय नेपाली
  • कार्तिक २१ २०७७, शुक्रबार

पोखरा, २१ कात्तिक– नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपुर्ण खेल खेल्नका लागि बंगलादेशतर्फ प्रस्थान गरेको छ । नोभेम्बर १३ र १७ मा बंगलादेशसंग मैत्रीपुर्ण खेलको लागि ३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत् बंगलादेशको राजधानी ढाका प्रस्थान गरेको हो । ८ नयाँ सदस्य रहेको टोलीले खेल खेल्नु अगावै नेपाली टोली करिब एक साता ढाकामा क्वारेन्टिनमा बस्नेछ । कोरोना परीक्षणपछि मात्र नेपाली टोलीले प्रशिक्षणको मौका पाउनेछ ।
यसअघि घरेलु मैदानमै प्रशिक्षणमा रहेको टोलीका ७ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् । टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै अन्य ७ खेलाडी कोरोनाका कारण बाहिरिएका छन् । टोलीलाई ढाका जानुपूर्व राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले राष्ट्रिय झण्डा दिई बिदाई गरेका थिए ।
टोलीको मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यकारी प्रशिक्षकको भुमिकामा सम्हालेका छन् ।
टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, बिकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् । यी मध्ये एरिक विष्ट, विकास खवास, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे र छिरिङ गुरुङ पहिलो पटक टोलीमा परेका हुन् । एरिक र दर्शन एनआरटीबाट मिडफिल्डमा खेल्दै आएका छन् भने दीपले मनाङबाट खेल्दै गत सिजन ए डिभिजन लिगमा उत्कृष्ट गोलरक्षकको उपाधि समेत हाँसिल गरेका थिए । दर्शन लिगको उदीयमान खेलाडी हुन् । विकास र सेसेहाङले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । पुजन मनाङको मिडफिल्डमा खेल्छन् भने दिलेनले जावलाखेलको डिफेन्स सम्हालेका थिए । डिफेन्डर छिरिङले च्यासलबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->