स्याङ्जा, २३ कात्तिक– स्याङ्जाको भीरकोट नगरपालिका– ५ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु१च २६९६ नम्बरको जीप दुर्घटना हँुदा भीरकोट नगरपालिका ५ का १७ वर्षीय असिम सेनको मृत्यु भएको हो । सेनको उपचारका क्रममा गएराती मणीपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनामापरी घाईते भएका भीरकोट ५ का ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, ५२ वर्षीय दिल बहादुर सेन र २२ वर्षीया अञ्जना सेनको कालिका सामुदायीक अस्पताल हेलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालक वालिङ नगरपालिका ११ का ३८ वर्षीय राजु पंगेनी फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । जिप कच्चि सडके हुदै पराल बोकेर पकान फाँटबाट हखौंडा तर्फ जादै गरेको अवस्थामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयलेट जनाएको छ





