शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फिफा रेफ्री नामावली सार्वजानिक

फिफा रेफ्री नामावली सार्वजानिक


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

पोखरा, २५ कात्तिक– सन् २०२१ को फिफा रेफ्रीको सूचि सार्वजानिक भएको छ । एन्फाले सार्वजानिक गरेको फिफा रेफ्रीमा प्रकाशनाथ श्रेष्ठ, नविन्द्र महर्जन, प्रज्वल क्षेत्री, कविन व्यन्जनकार र अन्जना राई (महिला) रहेका छन । असिस्टेन्ट रेफ्रीहरुमा भने नानीराम थापामगर, माधव खत्री, युनल श्रेष्ठ, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव र विना श्रेष्ठ (महिला) रहेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजानिक गरेको नयाँ सूचिमा नेपालका चर्चित रेफ्री सुदिश पाण्डे भने यसपालि अटाएनन् । नेपाली फुटबलमा कडा रेफ्रीका रुपमा चिनिएका सुदिश पाण्डेसँगै श्रवण लामाको नाम यस पटकको नामावलीमा छैन । उनीहरुको स्थानमा प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री परेका छन । एन्फाको रेफ्री समितिले फिटनेस र मेडिकल टेस्टपछि नामावली स्वीकृत गरेको हो । असिस्टेन्ट फिफा रेफ्रीतर्फ रोजेन श्रेष्ठ र पदम भुजेल यो वर्ष अटाएनन् । विक्रम चौधरी र किशन यादव सूचिमा परेका छन् । महिलातर्फ अस्मिता मानन्धरको स्थानमा अन्जना राईले फिफा रेफ्रीको भूमिका पाएकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->