शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

इतिहास रच्ने दाउमा दिल्ली

इतिहास रच्ने दाउमा दिल्ली


  • ढोरपाटन संवाददाता
  • कार्तिक २५ २०७७, मंगलबार

पोखरा, २५ कात्तिक– दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलोपटक फाइनल प्रवेश गरेको छ । आइतबार राती सम्पन्न दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।
समपन्न खेलमा जितका लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रनमा समेटियो । हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा ३० रन खाचाँे रहेको स्थितिमा १९ औं ओभरमा रबाडाले मात्र ८ रन खर्चेर ३ विकेट लिदा हैदरावादको यात्रा समाप्ततर्फ पुगेको थियो ।
हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन चाहिएको थियो । एनरिच नोर्कियाले ४ रन खर्चिदै जित पक्का गरे । हैदराबादका मध्यक्रमका केन विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । दोस्रो ओभरको पहिलो बलमै तीव्र गतिका बलर कागिसो रबाडाले ओपनर तथा कप्तान डेभिड वार्नरलाई २ रनमा बोल्ड आउट गरे । दोस्रो विकेटका लागि प्रियम गर्ग र मनिष पान्डेले ३१ रनको साझेदारी गरेका थिए । पाँचौ ओभरको चौथो बलमा मार्कस स्टोइनिसले गर्गलाई १७ रनमा बोल्ड आउट गरे । गर्गले १२ बलमा २ छक्का प्रहार गरे । सोहि ओभरको अन्तिम बलमा मनिष पान्डे ठूलो सट खेल्नेक्रममा मिडअनमा एनरिच नोर्कियाबाट २१ रनमा आउट भए । पान्डेले १४ बलमा ३ चौका प्रहार गरे ।
चौथो विकेटका लागि केन विलियम्सन र जेसन होल्डरले ४६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । स्पिनर अक्षर पटेलको बलमा ठूलो सट खेलेका होल्डर प्रबिन दुबेबाट ११ रनमा क्याच आउट हुन पुगे । पाँचौ विकेटका लागि अब्दुल र विलियम्सनले ३१ रनको महत्वपूर्ण साझेदारी गरेपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो ।
दिल्लीको लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । मार्कस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि शेख जायद क्रिकेट रंगशाला आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८९ रनको योगफल तयार पा¥यो । ओपनर शिखर धवनले ७८ रनको उत्कृष्ट पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । शिम्रन हेटमायर ४२ रनको पारी खेल्दै अन्तिम सम्म टिकिरहे । उनले २२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे ।
सुखद् सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ८.२ ओभरमा ८९ रनको साझेदारी गरे । स्पिनर राशिद खानले नवौं ओभरको दोस्रो बलमा स्टोइनिसलाई ३८ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । स्टोइनिसले २७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । कप्तान श्रेयस एरे २१ रनमा क्याच आउट भए । उनले २० बलमा १ चौका प्रहार गरे ।
हैदरावादको लागि राशिद खान, जेसन होल्डर र सन्दीप शर्माले समान १–१ विकेट लिए । उपाधिको लागि दिल्लीले मंगलबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्ने छ । मुम्बईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->