शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै

विश्वकप छनोट खेल मार्च र जुनमा हुने


  • विजय नेपाली
  • कार्तिक २८ २०७७, शुक्रबार

पोखरा, २८ कात्तिक– मैत्रीपुर्ण खेलको लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज (शुक्रवार) पहिलो खेल खेल्दैछ । कोरोना भाइरसको कारण करिब ८ महिना ठप्प भएको खेलकुद पछि खेलाडी समेत फुर्सदमा थिए । विश्वकप फुटबल छनोट खेलको संघारमा रहेको टोली कोरोना जोखिमको कारण बन्द भएको थिया । कोरोना महामारी न्युनिकरण नभए पनि टोली दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राजधानी ढाका पुगेका हुन । कोरोना संक्रमण र चोटका कारण टोलीको तयारीमा केहि असर पुगेको पाइन्छ । नेपाली टोलीका ७ जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । जसका कारण टोलीमा ८ नयाँ अनुहार देखिएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको भुमिकामा नेतृत्व सम्हालेका छन । कालिनले नै छनोट गरेको ३४ खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट महर्जनले २५ खेलाडीलाई बंगलादेश लगेका हुन् । यसपटक टोलीका ७ खेलाडीमा कोरोना संक्रमण र केहि खेलाडी घाइते हुँदा अन्तिम छनोट प्रक्रिया पनि सहज हुन् पुग्यो । १३ औं दक्षिण एसियाली खेलकुदमा प्रशिक्षक रही नेपाललाई स्वर्ण जिताएका महर्जनले मैत्रीपूर्ण खेलमा पनि सोही अनुसारको समन्वय गर्ने आशा गरिएको छ । नयाँ खेलाडीहरुमा समेत जोश रहेको हुँदा नतिजा सकरात्मक आउने अनुमान लगाउन सकिन्छ । टोलीमा यसपटक गोलरक्षक विकेश कुथु, डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डरद्वय रोहित चन्द र विशाल राई तथा फरवार्ड अभिषेक रिजाल छैनन् । टोलीको आवश्यकता अनुसार मैत्रीपूर्ण खेल भएकाले पनि केहि नयाँ खेलाडीले बेन्चमा रहेर मात्र होइन पहिलो रोजाईमा रहेर नै डेब्यु गर्ने सम्भावना रहेको छ । रोहित चोटका कारण टोलीबाट बाहिर रहेका हुन । टोलीले दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते खेल्ने छ ।
विश्वकप छनोट खेल मार्च र जुनमा हुने
कोरोना भाइरसको कारण अक्टोवर र नोभेम्बरमा हुने विश्वकप छनोट खेल मार्च र जुनमा हुने भएको छ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप खेलको छनोट खेल २०२१ मा हुने भएको हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको बाँकी रहेका खेलहरु जुन भित्र सक्ने योजना अघिसारेको छ । एएफसीको बुधबार बसेको बैठकले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सक्ने निर्णय गरेको हो । छनोट अन्तर्गत बाँकी रहेको म्याच डे ७ र ८ को खेल मार्चमा हुनेछ । यस्तै म्याच डे ९ र १० को खेल जुनमा हुने एएफसीले जनाएको छ ।
कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब घरेलु मैदानमा तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग खेल्न बाँकी छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।
गतवर्ष नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला तयार नभएपछि नेपालले कुवेतविरुद्धको होम गेम ‘न्युट्रल भेन्युको रुपमा भुटानमा खेलेको थियो । सो खेलमा नेपालले १–० को हार व्यहोरेको थियो ।
समूह ‘बी’ मा रहेको नेपाल ५ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ । चार खेल खेलेको अष्ट्रेलिया चारै खेलमा जित निकाल्दै १२ अंकका साथ समुहको शीर्षस्थानमा रहेको छ । त्यस्तै पाँच खेल खेलेको कुवेत ३ खेलमा जित १ बराबरी र १ मा हार व्यहोर्दै १० अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान खेल खेलेको जोर्डन ३ मा जित १ बराबरी र १ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेको चाइनिज ताईपे पाँच खेलमा नै हार व्यहोर्दै अंकतालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->