शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२१ सय ११ कोरोना संक्रमित थपिँदा ३५ सय ३७ जना संक्रमण मुक्त

२१ सय ११ कोरोना संक्रमित थपिँदा ३५ सय ३७ जना संक्रमण मुक्त

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

काठमाडौँ, २८ कात्तिक– पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ पीसीआर परीक्षणमा नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० परीक्षणहरु गरिएका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय २ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ८६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->