पोखरा, २९ कात्तिक–बंगलादेशमा भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले २–० को हार व्यहोरेको छ । शुक्रवार भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २ गोलले हराएको हो । पहिलो हाफमा नै एक गोलले अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा समेत नेपाल माथी हाबि हुदैँ थप एक गोल गरेको थियो । बंगलादेशले पाचँ वर्षपछि नेपाललाई हराएको हो ।
ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलको ९ मिनेटमा नै बंगलादेशले गोल गर्दै अग्रता लियो । बंगलादेशका नविद जीवनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । नेपालले दोस्रो हाफमा केहि सुधारिएको खेल खेलेपनि बंगलादेश सामु निरिह रह्यो । १४ औं मिनेटमा सुजलले प्रहार गरेको फ्रिकिक बंगलादेशका डिफेन्डरले हेडरमार्फत क्लियर गरे । १८ औं मिनेटमा अन्जन विष्टले खोसेको बलमा नवयुगले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २१ औं मिनेटमा जीवनको क्रसमा किरण चेम्जोङको डाइभ सफल नहुँदा ब्याकपोस्टमा रहेका विकास खवासले गोलको अवसरलाई क्लियर गरेका थिए । २३ औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपू बर्मनको फ्री हेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर गर्नबाट चुक्यो । २५ औं मिनेटमा सुजलको पासमा रवि पासवानको प्रहार पोस्टभन्दा माथि गयो । लगत्तै नवयुगले गरेको फितलो प्रहारलाई डेब्यु गरिरहेका गोलरक्षक अनिसुर रहमानले बचाए । २७ औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो दुरीको प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले ८ महिना पछि पहिलो पटक खेलेको नेपालले सोचे अनुसारको प्रदर्शन भने गर्न सकेन । पहिलो रोजाईका ८ खेलाडीको अनुपस्थितिमा ढाका पुगेको नेपालको लागि दुई नयाँ खेलाडीले राष्ट्रिय टिमबाट डेब्यु गरेका छन ।
खेल सुरु भएको ९ औ मिनेटमा नै बंगलादेशले १ गोल गर्दै अग्रता लियो । बंगलादेशका नविद जीवनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । यस अघि खेलको ७ औ मिनेटमा नेपालले पाएको अवसरको सदुपयोग गर्न सकेन । २१ औं मिनेटमा जीवनको क्रसमा किरण चेम्जोङको डाइभ सफल नहुँदा ब्याकपोस्टमा रहेका विकास खवासले गोलको अवसरलाई क्लियर गरेका थिए । २३ औं मिनेटमा विश्वनाथको लामो थ्रोमा टोपू बर्मनको फ्री हेडर बाहिरिँदा बंगलादेश अग्रता दोब्बर गर्नबाट चुक्यो । खेलको २५ औं मिनेटमा सुजलको पासमा रवि पासवानको प्रहार पोस्ट माथिबाट बाहिरीयो । २७ औं मिनेटमा माणिक मोल्लाहले गरेको लामो प्रहार गोलरक्षक किरणको हातमा लाग्दै क्रसबारमा ठोक्किन पुग्यो । ५५ औं मिनेटमा नेपालले खेल बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेन । जर्जप्रिन्सको क्रसमा रवि पासवानले नियन्त्रणमा लिएर गरेको डिफेन्डरलाई डीफ्लेक्ट हुँदै बाहिरियो । ७१ औं मिनेटमा भरत खवासको प्रयास पोस्टभन्दा माथि जाँदा खेलमा बंगलादेशको अग्रता कायम रहयो । खेलको ७५ औं मिनेटमा बंगलादेशका बर्मनले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक किरणले विफल पारे । ७८ औं मिनेटमा विकास खवासको लामो थ्रोमा अनन्त तामाङको फ्लिक हेडर डुब्यु खेल खेलेका गोलरक्षक अनिसुर रहमानले मुस्किलले बचाए । ८० औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । वान भर्सेस वानको अवस्थामा उत्कृष्ट गोल गरे ।
नेपाल र बंगलादेश बिचको खेलमा दर्शकको समेत राम्रो उपस्थिति भएको थियो । विश्व महामारीको कारण विश्वका प्रसिद्ध लिगहरु समेत विना दर्शक भइरहँदा बंगलादेशमा भने खेल हेर्न छुट दिइएको छ । कोरोना महामारीको विचमा समेत दुई देश विचको खेल प्रत्यक्ष रुपमै हेर्न पाएका थिए । कोभिडको कारण लामो समय देखि दर्शकले प्रत्यक्ष खेल हेर्न नपाएको स्थितिमा बंगलादेशले भने दर्शकको साथ पायो ।
नेपाल यसअघि सन् २०१५ को डिसेम्बरमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग पराजित भएको थियो । बंगबन्धु रंगशालामा नै भएको उक्त खेलमा नेपाल १–० ले हारेको थियो । त्यसयता नेपालले सन् २०१६ गोलरहित बराबरी तथा २०१८ को साफ च्याम्पियनसिपमा २–० को जित दर्ता गरेको थियो । नेपालले अब दोस्रो खेल मङ्सिर २ मा खेल्नेछ ।





