शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकूदमा विचौलिया हावी छन् : सदस्य श्रेष्ठ

खेलकूदमा विचौलिया हावी छन् : सदस्य श्रेष्ठ

एउटा खेलाडीले दश ठाउँमा सिलाएको गि (कराँतेको पोशाक) लगाएर खेल्दा छनोटमा पर्न सकेन, एउटा खेलाडी जुत्ता नहुँदा खेल्न पाएन, त्यो पीडा मैले बुझेको छु ।


  • विजय नेपाली
  • मंसिर ७ २०७७, आइतबार

पोखरा, ७ मंसिर– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सम्पन्न श्रेष्ठले खेलकुदको क्षेत्रमा बिचौलिया हाबि भएको बताउँदै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार कास्की जिल्ला क्युकोशिन कान कराँते संघको साधारणसभामा बोल्दै परिषद् सदस्य श्रेष्ठले खेलकुदभित्र रहेका केही व्यक्तिहरुको कारणले खेल तथा खेलाडी सधैँ मर्कामा पर्ने गरेको बताए । ‘खेलकुदमा विचौलियाहरुको बिगबिगी उच्च भयो । खेलाडीको भविष्यको लागि भन्दापनि आफ्नो लागि बढी गरे । अब यसको अन्त्य हुनुपर्दछ’,श्रेष्ठले भने । खेलकुदलाई गुटको अखडा नबनाई खेलाडीको संघ बनाउनुपर्ने उनको भनाई थियो । खुलेर नभने पनि खेलकुद संघमा राजनीति र अझ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको खिचातानी पसेको सम्पन्नको भनाईबाट प्रष्ट हुन्थ्यो । खेलाडीको पीडालाई खेल पदाधिकारीले नबुझेको र एक अर्कालाई गलत बताउने प्रवृत्ति रहेको दुखेसो पनि उनले सुनाए । ‘एउटा खेलाडीले दश ठाउँमा सिलाएको गि( कराँतेको पोशाक) लगाएर खेल्दा छनोटमा पर्न सकेन, एउटा खेलाडी जुत्ता नहुँदा खेल्न पाएन, त्यो पीडा मैले बुझेको छु । अब खेलक्षेत्रलाई व्यावसायिक बनाउन आवश्यक छ’, श्रेष्ठले भने ‘सबैभन्दा बढी विकृति नै खेलकुदमा छ । खेलकुदको मर्यादा नै नबुझी आफूखुसी हिँडेका छन । के ? यसरी खेलकुद चल्छ ? अहिलेसम्म राज्यले खेलाडीको मूल्याङ्कन गर्न नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->