शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा पक्राउ

सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

स्याङ्जा, ७ मंसिर– सामाजीक सञ्जाल मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बाजुरा जिल्ला हिमाली गाउँपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई पटक पटक गरी रु दश लाख २८ हजार ७ सय रुपैयाँ ठगी गरेको आरोपमा शुक्रबार बाँकेको नेपालगञ्जबाट पक्राउगरी जिल्ला अदालत स्याङ्जाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आरोपीत पाण्डेले स्याङ्जाकी एक महिलालाई सामाजिक सञ्जाल फेसबुक मार्फत साथि बनाएर बैदेशीक रोजगारीको सिल्सिलामा ब्राजिलमा रहेका आफ्नो परिवार विरामी भएको र केही समय पछि पैशा फिर्ता गर्छु भन्दै विश्वासमा पारेर ठगी गरेको भन्दै पिडित महिलाले वडा प्रहरी कार्यालय वालिङमा दिएको जाहेरीका आधारमा पाण्डेलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->