पोखरा, २४ मंसिर– नेपाली फुटबल विकासमा अग्रसर रहेको एपिएफ क्लबले अब आफ्नैै फुटबल एकेडेमी संचालनमा ल्याउने भएको छ ।
ए डिभिजनको क्लबले एशियाली फुटबल महासंघमा क्लब लाइसेन्सको लागि आवेदन दिएका थिए । तर नेपाली ए डिभिजन क्लबको आवस्क मापदण्ड नपुगको कारण आवेदन रद्द गरेको थियो ।
एएफसीले क्लब लाइसेन्सको लागि मुख्य गरी ५ बुँदे मापदन्ड तोकेको छ । तीन बुँदाभित्र १९ वटा सहायक बुदा छन् । जसमा क्लबहरुको खेलकुद गतिविधि, एकेडेमी, खेलाडी, प्रशिक्षक र अफिसियल अनुबन्ध लगायत छन् । अर्को कानूनी प्रक्रिया, क्लबको वार्षिक बजेट, अडिट रिपोर्टदेखि कर चुक्ताको प्रमाण पनि पेश गर्नुपर्नेछ ।
क्लबहरुको आफ्नै रंगशाला हुनुपर्ने, एकेडेमी, खेलाडीको होस्टेल, प्रशिक्षणस्थल रहनुपर्ने मापदण्ड छ । यस्तै क्लबको आफ्नै युथ स्तरका दुई टिम र ग्रासरुट कार्यक्रमहरु समावेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
एपिएफले भने अब सोहि मापदण्ड समेत पुरा गर्ने देखिएको छ । आगामि बैशाख देखि एपिएफले एकेडेमी संचालन गर्ने छ ।
सशस्त्र प्रहरी महानिरिक्षक तथा संगठन प्रमुख शैलेन्द्र खनाल र एआइजी पुष्पराम केसी र अखिल नेपाल फुटबलसंघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा बिच ६ वर्षको लागि सम्झौता भएको हो ।
एपीएफले नेपाल एपीएफ स्कुलमार्फत एकेडेमी सञ्चालन गर्नेछ । एकेडेमी एन्फाको नियम अनुसार हुने छ । एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबलको विकासमा नयाँ आयाम थपिएको बताए । उनले नेपाली फुटबल विकासमा ऐतिहासिक सम्झौता भएको बताए । ग्रास रुट देखि फुटबल विकासहुने आशावादि रहेको उनले बताए ।
यो सम्झौता नेपाली फुटबलको लागि निकै महत्वपुर्ण मानिन्छ । नेपाली फुटबलमा विभागिय टोलीकै कारण खेलाडी टिक्न पाएका छन् । नेपाली फुटबलमा तीन विभागिय टोलीको महत्वपुर्ण भुमिका रहेको छ ।
एकेडेमीले अब जुनियर खेलाडी उत्पादन गर्नेछ । आफ्नै होस्टेल सहित खेलाडि खाने बस्ने र पढ्ने समेत सोहि एकेडेमीबाट गर्नेछन । नेपालमा अहिले सम्म एन्फाको मात्र एकेडेमी रहेको छ । आगामी वर्षदेखि भने थप एक एकेडेमी संचालनमा आउने छ । राष्ट्रिय खेलाडि उत्पादनमा ठुलो भुमिका खेल्ने देखिएको छ ।





