शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजारमा एक घर एक करेसाबारी

पुतलीबजारमा एक घर एक करेसाबारी


  • हिमलाल पराजुली
  • मंसिर २४ २०७७, बुधबार

स्याङ्जा, २४ मंसिर– पुतलीबजार नगरपालिकामा एक घर एक करेसाबारी एक टोल एक नर्सरी अभियान कार्यक्रमको सुरुवात गरिएको छ । पुतलीबजार ३ बाडखोलामा रहेको सुर्याेदय क्लबले किसानले आफ्नो लागि आवश्यक तरकारी आफै उत्पादन गरेर उपभोग गरुन भन्ने उद्देश्यका साथ नगरपालीका भित्र रहेका टोल विकास संस्थाहरुलाई विउ विजन वितरण गरेको हो । क्लबले नगरपालीका भित्र रहेका २ सय ९५ वटाटोल विकास संस्थाहरुलाई विउविजन वितरण गरेको जनाएको छ ।
नगरपालिका भीत्रका किसानहरुलाई तरकारी व्यवसायतर्फ आकर्षण गर्ने उद्देश्यले पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थीक सहयोग तथा सुर्याेदय क्लबको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सीमा कुमारी क्षेत्रीले बताइन । नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले एक घर एक करेसाबारी र एक टोल एक नर्सरीको अवधारणा ल्याईएको बताउदै आवश्यक पर्ने औजारहरु समेत वितरण गरिएको जानकारी दिइन ।
तरकारीमा आत्मनिर्भर बनाउने कार्यक्रम अनुसार सुर्याेदय क्लबले किसानहरुलाई फुलगोपी, बन्दागोपी, साग, मुला र धनीयाका बिरुवा टोलविकास संस्थामार्फत वितरण गरेको जनाएको छ ।
किसानलाई टनेल, गडेउले मल, कुटानीपिसानी मेसीन र बाख्रापालन लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । पुतलीबजार नगरपालिकाको १ करोड ३६ लाख र युएनडीपीको १ करोड गरि २ करोड ३६ लाखमा सुर्याेदय क्लब बाडखोलाले काम गर्दै आएको छ । सुर्याेदय क्लबमार्फत पुतलीबजार नगरपालिकाका किसानहरु व्यसायीक बन्न सफल भएका छन् । सयुक्त कार्यक्रम गर्दा सफल भईने हुदा तिनवटा संस्था मिलेर काम गरेको बताउदै कोरोनाबाट प्रभावीत परिवार, महिला तथा जनजातीहरुलाई सहयोग पुग्ने सुर्याेदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->