शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको शिलान्यास

ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको शिलान्यास


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७७, सोमबार

स्याङ्जा, २९ मंसिर– फेदीखोला गाउँपालिकामा ठुलोधारा लिफ्टिङ खानेपानी योजनाको संघीय सांसद नारायणप्रसाद मरासिनीले आइतबारशिलन्यास गरेकाछन् । फेदीखोला २ तल्लो कुँडुलेमा खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै सांसद मरासिनीले गाउँपालिकाले स्थानीय बासिन्दाको चाहाना र मर्मलाई नजिकबाट बुजेर काम गरेको बताए ।
सांसद मरासिनीले सरकारले नागरिकका आधारभूत आवश्यकताहरुलाई पुरा गर्दै लैजाने बताउदै खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपुर्तिका लागि सरकार लागिपरेको बताए ।
आयोजनाबाट नमूना कृषि गाउँको रुपमा विकास हुदै गरेको कुँडुलेका ८३ घरधुरी लाभान्वित हुने बताउदै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रत्ये स्थानीय बासिन्दाको घर घरमा धारा पु¥याउने बताए ।
एक करोड दश लाखको लागतमा सम्पन्न हुने आयोजना एक वर्षमा सम्पन्न गर्ने सम्झौता गरिएपनि योजना निर्माण कम्पनीले ४ महिनामै सक्ने प्रतिवद्धता जनाएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।सात सय मिटर तलको मुहानबाट पानी लिफ्टििङ गरेर टयाङकीमा संकलन गरि गर्ने स्थानीय बासिन्दाको घर घरमा खानेपानीको धारा पु¥याइने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->