शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिला पक्राउ

दोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिला पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २ २०७७, बिहिबार

स्याङ्जा, २ पुस –जिल्ला प्रहरी कार्यालय स्याङ्जालेदोहोरो नागरिकता र राहादानी लिएको कसुरमा एक महिलालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटनमा डेरा गरी बस्ने ३३ वर्षया मन्जु क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । क्षेत्रीले फरक विवरण पेश गरी दोहोरो नागरिकता एंव राहदानी लिएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीकार्यालय स्याङ्जाबाट खटिएको टोलील पक्राउ गरेको हो ।
क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको ४२१०६२–१०–१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल उल्लेख भएको ०६–०२–७५–०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं. र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी समेत फेला परेको हुँदा दोहोरो नागरिकता र राहदानी प्रहरीले बरामद गरेको छ । पक्राउ परेकी क्षेत्रीलाई ‘नागरिकता सम्बन्धी कसुरमा’ मुद्दा दर्ता गरी बिहीबार नै स्याङ्जा जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->