शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

९ खेलाडी सहित ११ पत्रकार सम्मानित

९ खेलाडी सहित ११ पत्रकार सम्मानित


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

पोखरा, ३ पुस– मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले खेलाडीसहित पत्रकारलाई सम्मान गरेको छ । पोखरा रंगशालामा आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रमको ब्यानरमा ९ खेलाडी र ११ जना पत्रकार सम्मानित भए । उनीहरुलाई नगद र सम्मानपत्र दिइयो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले गतवर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर, नेपाल आर्मीका मिनु गुरुङ र सुनिल शाहीलाई नगद ५१ हजार ५ सय रुपैँया सहित सम्मान गरिएको हो । राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई २१ हजार १ सय ११, क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई ३० हजार ३ सय ३० रुपैँया, कराते खेलाडी सुस्मी श्रेष्ठ, भलिवलकी पूर्वखेलाडी तथा प्रशिक्षक जीवन चौधरीलाई रु ७० हजार ७ सय ७० रुपैयाँसहित सम्मान गरिएको हो । यस्तै ११ जना पत्रकारसहित पत्रकार महासंघ गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि रु २१ हजारका दरले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । केही समयअघि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराँते खेलाडी राजु गैरे (नेपाली)का परिवारलाई रु एक लाख एक हजार १ सय ११ तथा टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५ सय ५० आर्थिक सहयोग प्रदान गरिएको थियो । एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल संघ, सागका १३ विषयगत समिति र खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सम्मान गरेका थिए । सोहि क्रममा बोल्दै सिलवालले खेलकुदको विकासमा राष्ट्रमात्र नभई व्यसायी र स्थानीयको समेत सक्रियता हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->