शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रधानमन्त्रीकप क्रिकेटकालागि गण्डकीमा छनौट प्रतियोगिता

प्रधानमन्त्रीकप क्रिकेटकालागि गण्डकीमा छनौट प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०७७, शनिबार

पोखरा, ४ पुस– प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताको लागि गण्डकीमा छनौट प्रतियोगिता सुरु गरिएको छ । गण्डकी प्रदेश क्रिकेट संघ प्रतियोगिताको आयोजक हो । शुक्रबार सुरु भएको प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याङ्जा माथि ७ विकेटको जितनिकालेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्जाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको सामान्य योगफल तयार पारेको थियो ।
स्याङ्जाकोतर्फबाट विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन जोडे । कास्कीका बलरहरु विश्व कार्की र सुवास भण्डारीले समान तीनतीन विकेट लिएभने कृष्ण पौडेल, अमृत गुरुङ र विपिन खत्रिले एक एक विकेट लिएका थिए । जितका लागि १ सय २० रनको लक्ष्य लिइ मैदान उत्रिएको कास्कीले २८.४ ओभर खेल्दै मात्र ३ विकेटको क्षतिमा विजयी लक्ष्य पार ग¥यो । कास्कीको तर्फबाट अभिषेक थापाले अभिजित ४३ तथा सुदिप पौडेलले अभिजित २१ रन बनाए । त्यस्तै अर्जुन कुमालले २२ रन जोडेका थिए ।
खेलमा कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच भए । जितसँगै कास्कीले लिग टेवलमा २ अंक जोडेको छ । राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुर विच प्रतिस्पर्धा हुनेछ ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौंकिक खेल मैदान भएको जनाउँदै यसको स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा १० वटा ठूलाक्रिकेट मैदान बन्ने क्रममा रहेको जनाउँदै आउँदो चार पाँच वर्ष भित्र नेपालका सातै प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दावी गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->