शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नवलपुर ३७ रनले विजयी

नवलपुर ३७ रनले विजयी


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७७, सोमबार

पोखरा, ६ पुस– गण्डकीप्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा नवलपुरले तनहुँलाई ३७ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको नवलपुरले निर्धारित ५० ओभरको खेलमा ४४.१ओभरमा आफ्नों सम्पूर्ण विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको थियो ।
नवलपुरको तर्फबाट मन्जिल न्यौपानेले ३५, सनम बुढाथोकीले २३ तथा सन्देश बस्नेतले २० रनको पारी खेले । तनहुँको बलिङ्गतर्फ राजु गुरुङ्ग, सुशिल गिरी र कुरुण सिरमलाले समान २/२ विकेट लिए । विनय भण्डारी र सचिन अधिकारीको हातमा १/१ विकेट परेको थियो ।
जितकालागि १ सय ६९ रनको लक्ष्यपछ्याएको तनुहँले सम्पूर्ण विकेट गुमाउनु अघि १ सय ३१ रन मात्रै जोडन सक्यो । तनहुँको ब्याटिङमा समिर कँडेलले ६७ रनको महत्वपूर्ण पारि खेले पनि उनलाई साथ दिने व्याट्स्म्यान नहुँदा पहिलो खेलमा जित निकालेको तनहुँले पराजय भोग्नुप¥यो । नवलपुरका विज्ञान गौतमले ३, राहुल सर्माले २ तथा विवेक दराई र कमल परियारले १÷१ विकेट लिए ।
खेलमा महत्वपूर्ण ३ विकेट लिन सफल नवलपुरका विज्ञान गौतम म्यान अफ द म्याच भए । प्रतियोेगिता अन्तर्गत सोमबार स्याङ्जा र नवलपुरविच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->