शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

सडकमै सदन चलाएका पूर्वसभामुख भन्छन् : ‘संविधानको अक्षर र भावना हेरे संसद पुनस्र्थापना !’

सडकमै सदन चलाएका पूर्वसभामुख भन्छन् : ‘संविधानको अक्षर र भावना हेरे संसद पुनस्र्थापना !’

सत्ता स्वार्थका लागि मात्र यस्तो विछट्ट झगडा हुँदैन


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०७७, बुधबार

पोखरा, ८ पुस– पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले विघटित् प्रतिनिधिसभा पुनस्र्थापनाको शत्प्रतिशत सम्भावना रहेको बताएका छन् । राजाले प्रतिनिधिसभा विघटन गरेपछि सडकमै सदन चलाएका पूर्वसभामुख रानाले नेपाली कांग्रेसलगायका दलहरुले पुनस्र्थापनको लागि दवाव दिनुपर्ने धारणा पनि राखेका छन् ।
‘सर्वोच्च अदालतले संविधानको अक्षर र भावनालाई सम्मान गरेर उचित व्याख्या ग¥यो भने पुनस्र्थापनाको सम्भावना शत्प्रतिशत छ’, ढोरपाटनसँगको विशेष कुराकानीमा उनले भनेको छन्,‘ हिजो परिस्थिति अर्कै थियो अहिले भने अदालतको निर्णय पर्खनुपर्छ ।’ उनले विदेशीको इशारामा अहिले संसद भंग गरिएको आशंका पनि गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले अहिले केपी ओलीको सरकार मात्रै विघटन भएको संसद विघटन नभएको अभिव्यक्ति दिइरहेका बेला पूर्वसभामुखको यो धारणा आएको हो ।
सत्ता स्वार्थका लागि मात्र यस्तो विछट्ट झगडा हुँदैन
प्रश्नमा प्रवेश गर्नुभन्दा पहिलो कुन ग्राउन्डमा र के आधारमा यो घटना घट्यो कुन उदेश्यले विघटन गर्नुप¥यो भन्ने कुरामा गम्भीर ढंगले सोच्ने र एउटा निष्कर्षमा नपुगी भोली पुनस्र्थापना हुन्छ वा के हुन्छ भन्नेतिर जान अलिकति सजिलो हुँदैन । यसको सोझो उत्तर दिने हो भने त संसद विघटन गर्ने संवैधानिक आधार नभई विघटन भएको छ । सर्वोच्च अदालतले संविधानको अक्षर र भावनालाई सम्मान गरेर उचित व्याख्या ग¥यो भने पुनस्र्थापनाको सम्भावना शत्प्रतिशत छ , तर, विघटन गर्नपर्ने कारण के हो किन हो ? दुई तिहाई बहुमतको कमाण्ड गरेको पार्टीको सरकारले संसद् किन विघटन गर्छ ? असजिलो पनि थिएन । आखिरमा राजनितिक स्वार्थ, मुलुकको स्थायित्व शान्ति, अनि जनताका दुःखका साथी यिनीहरु प्रतिनिधि हो भने त्यसको त काम गर्नसक्ने प्रचुर सम्भावना थियो नि ! जनताले सहयोग दिएकै हो,त्यसमा कुनै विचलन आएको थिएन । जनता यिनीहरु ( नेकपा) विरुद्धमा सडकमा आएको त थिएन नि । तर, पार्टीभित्रक यति नराम्रोसँग अन्तरकलह सत्ता स्वार्थको लागि मात्र हो कि कुनै शक्ति केन्द्रले खेलाएको हो ? त्यो त उनीहरु जानून् । सत्ता स्वार्थको लागिमात्र यस्तो विछट्ट झगडा त हुँदैन÷ हुन पर्दैन । त्यसकारणले यो रहस्य के विघटनमा पुग्नुपर्ने र विघटनमा गरेपछि दुई तिहाई कमाण्ड गरेको स्थिर सरकार, जनताले सहयोग दिएको सरकार, अनुकूल वातावरण भएको सरकार विघटनमा त चुनावमा फेरी योभन्दा बढी बहुमत ल्याउछु भनेर गएको त होइन । हार्नका निम्त्ति चुनावमा त जाँदैन । त्यो कुरा पटक्कै सम्भावना त भएन म कम्जोर छु म अवमातमा छु, चुनावको परिस्थिति मेरो लागि राम्रो छ जनताले मलाई सहयोग दिन सक्छ अब म बहुमतमा आउँछु भनेर त गरेको होइन नि । स्वयम् बलियो भएको,जनताको समर्थन भएको बेला यो विघटन खालि अन्तरकलह र सत्ता स्वार्थका कारण मात्रै हो जस्तो मलाई लाग्दैन ।
पर्दा खुल्न समय लाग्छ
सत्ता स्वार्थको लागि मात्र भएको भए त एउटाले छाडेर अर्को बने भइहाल्थ्यो नि । पार्टीभित्रको एकता र सद्भाव भएको भए केपी ओलीले रानीनामा गरेर प्रचण्ड आइहाल्थे नि । त्यो कुनै अफ्ठेरो कुरा थिएन । आइहाल्थ्यो, त्यो पनि होइन रहेछ । त्यसैले कसले खेल्यो ? कसको उक्साहटमा, कुन उदेश्यका लागि यो नाटक मञ्चन भयो भन्ने कुरा खुल्न समय लाग्छ । शक्तिकेन्द्रहरु देखा परिसकेको छैन । उदेश्य हाँसिलका निम्ति उन्मुख होला नि !त्यो को हो र के का निम्ति गरको हो भन्ने कुराको अलिकति सुइँको पाउन अलि समय नै लाग्छ । त्यो अन्तरकलहका कारण पुष्पकमल र केपी ओलीले झगडा र दुई गुटको कारण यो भएको होइन भन्ने मलाई लाग्छ र यसमा कुनै न कुनै उदेश्य छ त्यो अहिले प्रकट भइसकेको छैन ।
आशंका धरै छन । भारतीय गुप्तचर संस्था ‘रअ’ मात्र आएन, पार्टीको विदेश विभाग, आर्मी चिफलगायत चारजना भारतीय पाहुनाहरु आए नि । केपी ओलीसँग अन्तरंग गोप्य वार्ता पनि गरे । अप्रत्यक्ष रुपमा अरुहरुलाई पनि भेटे । त्यसबीचमा अमेरीकन पनि आए चिनियाँ पनि आए । त्यो आउनेजाने भइरहेको छ । तर। यसैको पृष्ठभूमि हो या होइन अझ खुल्न बाँकी छ तर शंका गर्न सक्छाँै । अब राष्ट्रपतिले प्रधानमन्त्रीले कुन आधारमा त्यो प्रस्ताव लिएर राष्ट्रपतिकोमा गएको हो त्यो कुराको गम्भीर अध्ययन गर्नपर्छ । दुईजनाको कलह वा प्रधानमन्त्रीमात्र खान त होइन होला त्यो रहश्य चाहिँ खुल्दै जाला ।
कांग्रेस सिध्याउन पहिलो विघटन
नेपालको इतिहासमा २०४८ सालपछि तिनवटा विघटन भए । २०५१ सालमा हाम्रै पार्टीको सरकार थियो । सबै सहज थियो ।विघटनमा जानैपर्ने स्थिति थिएन । त्यो किन गयो भन्ने कुरा नेपाली कांग्रेसलाई ‘इन्ट्याक्ट’ हुन नदिने, नेपाली कांग्रेसलाई एउटा शक्तिको रुपमा रहन नदिने, प्रजातान्त्रिक शक्ति बलियो हुन नदिने, नेपालमा स्थिरता र शान्ति हुन नदिने, देशको आर्थिक विकास गर्दै आत्मनिर्भर बन्ने अभियानलाई कुठाराघात गर्ने उदेश्यले गरिएको रहेछ भन्ने कुरा पछि थाहा भयो ।
सडकमा सदन चलाएँ, प्रधानमन्त्री लत्याएँ
अर्कोपटक फेरि राजाले आफ्नो हातमा एकपटक लिए । यसको मुल उदेश्य भनेको नेपाललाई आत्मनिर्भर हुन नदिने, स्थायित्व हुन नदिने, शान्ति हुन नदिने तर आफ्नो निहित उदेश्यहरु नेपालमा खेलेर के–के उपलब्धी गर्न सकिन्छ भन्ने कुरा हो । त्यतातिर त्यत्रो शक्तिशाली भारत छ आर्थिक सम्पन्नता उस्तै छ । प्रजातान्त्रिक स्थिर सरकारको ग्यारेण्टी उस्तै छ । अमेरीकासँग प्रतिस्पर्धा गर्न सकेको छ । त्यसतै चीनको राजनिति र आणविक शक्ति उस्तै छ । त्यस्तो दुई आणविक शक्ति भएका राष्ट्रबीचको पनि त्यस्तै महत्व छ । त्योबाहेक दक्षिणपूर्व एशियाले चाहिँ यसलाई मुख्य खेलमैदान बनाएर खेल्न खोजेका छन त्यो अध्ययन गर्न निकै जरुरी छ ।
म सभामुख भइरहँदा २०५९ सालमा संसद् विघटन भयो । विघटन हुन हुँदैन भनेर म आफै विघटनका विरुद्ध न्यायालय पुगेको छु । पार्टीहरु सडकमा छन् आन्दोलन भयो पुनस्र्थापनाको लागि र त्यो बीचमा पनि राजाको प्रत्यक्ष शासन छ । राजालेचाहिँ मलाई प्रधानमन्त्रीको अफर गरे । मैले त्यही पुनस्र्थापनाको लागि लडेको नैतिक आधार छ नि । म जनताबाट लडेको निर्वाचित प्रतिनिधि अनि त्यही ०४७ सालको संविधानलाई शीरमा राखेर सपथ खाएको मान्छे । अनि सर्वोच्चमा आफै मुद्दा लडेको स्थिति छ । राजनिति पार्टीहरु सडकमा आन्दोलन गरिरहेका छन । त्यो अवस्थामा मैले चट्क्क सभामुखको पदबाट राजिनामा दिएर आफ्नो स्वार्थको निम्ति प्रधानमन्त्री पद स्वीकार गर्न मेरो नैतिकताले दिएन । मैले मुद्दा पनि जितँे । त्यतिबेला मन, वचन र कर्मले पनि त्यतिबेला हामी पुनस्र्थापनाको पक्षमा थियौ र पुनस्र्थापना पनि भयो । सडकमा जनता उत्रिएका थिए । स्थिति नै अर्कै थियो । तत्कालीन समयमा राजावादी, कम्युनिष्ट पार्टी तथा शक्ति केन्द्रलाई निकै फाइदा थियो । कांग्रेसलाई लत्याउने खेल थियो ।
फेरि पनि रहश्यमय
राष्ट्रपतिकोमा प्रस्ताव गइसकेपछि उहाँसँग तीनवटा विकल्प थिए । एउटा आफूले अध्ययन गर्ने, अहिलेको परिस्थितिले विघटन आवश्यक छ छैन ? दुई तिहाई बहुमत दिने जनमतमा विचलन आएको छ छैन? अनि संविधान अनुकुल छ छैन भनेर अध्ययन गर्ने स्वविवेकीय अधिकार उनीसित थियो । राष्ट्रपतिले पुनर्र्विचारका निम्ति प्रस्ताव फिर्ता गर्न सक्नुहुन्थ्यो तर फिर्ता भएन । अर्को भनेको सर्वोच्चलाई यो संविधानसम्मत छ कि छैन भनेर राय माग्न सक्नुहुन्थ्यो । यो कुनै पनि कुरा नभएको हुनाले यसको रहश्य भिन्नै छ । कुनै रस नआउने र सोझै विघटन हुनु भनेको निकै रहश्यपूर्ण छ ।
–प्रस्तुति : विजय नेपाली

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->