पोखरा, ९ पुष – नेपालका राष्ट्रिय पुरुष क्रिकेट खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल टि–१० लिगको लागि विभिन्न क्लबमा अनुबन्ध भएका छन । संयुक्त अरव इमिरेट्स (यूएइ) मा हुने टि–१० लिगमा सहभागी हुने भएका हुन ।
बुधबार राती भएको ड्राफ्टमा अलराउन्डर करण केसी, सोमपाल कामी र कुशल मल्ललाई तीन फरक फरक फ्रेन्चाइज टोलीले अनुबन्ध गरेका हुन । सोमपाल मराठा अरेवियन्स, कुशल मल्ल आबूधाबी र करण पुणे डेभिल्समा अनुबन्ध भएका छन् ।
टि टेन जनवरी २८ देखि फेब्रुअरी ६ सम्म चल्ने छ । पहिलो पटक नेपाली क्रिकेटबाट एकै विदेशी लिगमा तीन खेलाडी अनुबन्ध भएका हुन् ।





