पोखरा, ९ पुष – सहिद स्मारक ‘सी’ डिभिजन लिग आगमी चैत पहिलो सातादेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘सी’ डिभिजन क्लब प्रतिनिधिहरुबीच भएको बैठकले आगामी चैत्र १ गते देखि लिग गर्ने निर्णय गरेको हो ।
एन्फाको कार्यालय सातदोबाटोमा बिहीबार सम्पन्न बैठकले कोभिडिको कारण रोकिएको लिग पुन सुचारु गराउने निर्णय गरेको हो ।
सम्पन्न बैठकले ‘सी’ डिभिजन क्लबका लागि २ लाख रुपैया तयारी खर्च बढाउने निर्णय समेत भएको छ । डिभिजन क्लबले तयारी खर्चबापत ९ लाख रुपैया प्राप्त गर्नेछन् ।





