स्याङ्जा, ११ पुस- पुतलीबजार नगरपालिका ११ स्थित सिद्धार्थ राजमार्गको जाँडखोलामा बस र ट्रक एकआपसमा ठोकिँदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङ आउँदै गरेको लु १ ख ६५९४ नम्बरको ट्रक र पर्वतको फोक्सिङ देखि पोखरा जाँदै गरेको ना ५ ख ५१३९ नम्बरको बस एकआपसमा ठोकिँदा ६ जना घाईते भएका हुन् । दुर्घटनामा घाइते हुनेहरुमा बसमा सवार ५ जना र ट्रकका चालक गरी ६ जना रहेको र उनीहरुको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।





