पोखरा,११ पुष–लुम्बिनी प्रदेश देउखुरीमा प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
लमहीको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा शससत्र प्रहरी बल (एपिएफ) र लुम्बिनीले फराकिलो जित हात पारेको छ । पहिलो खेलमा घरेलु टोली लुम्बिनी प्रदेशले प्रदेश २ माथी ९ विकेटको फराकिलो जित हात पारेको छ ।
दोस्रो खेलमा भने एपिएफले कर्णाली प्रदेश माथी २ सय ४ रनको जित हात पारेको हो । ७८ रनको लक्ष्य पाएको लुम्बिनीले १६.१ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य हासिल ग¥यो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो । अर्को खेलमा टस जितेर ब्याटिङ राजेको एपिएफले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २ सय ३५ रनको बलियो योगफल तयार पारको थियो । २ सय ३६ रनको लक्ष्य पक्ष्याएको कर्णाली प्रदेश १४.१ ओभरमा अल आउट हुन पुग्यो । एपिएफको लागी करुणा भण्डारीले ३.१ ओभरमा २ मेडन सहित २ रन खर्चेर सर्वाधीक पाँच विकेट लिइन् । राजमती ऐरीले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का र रेखा रावलले समान एक एक विकेट लिइन् ।





