पोखरा,१२ पुष–दाङको देउखुरी रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्ग आइतबार भएको खेलमा एपिएफ र लुम्बिनी प्रदेशले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।
प्रतियोगितामा आफ्नो दोस्रो खेलमा समेत एपिएफले प्रदेश २ माथी ८ विकेटको सानदार जित निकाल्दै एक खेल अघि नै सेमिफाइनलको यात्रा तय गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रनको योगफल तयार पारेको थियो । ७३ रनको सामान्य लक्ष्य पाएको एपिएफले १३.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।
एपीएफका लागी ज्योती पाण्डेले ३० र कप्तान सीता रना मगरले १८ रनको योगदान दिइन् । ज्यातीले ४० बलमा ४ चौका प्रहार गरिन । यस्तै सीताले ३० बलमा १ चौका प्रहार गरिन् । सरीता मगर ६ रनमा र इन्दु बर्मा १ रनमा अविजित रहिन । प्रदेश २ का लागी कबिता गौतम र सरस्वती कुमारीले समान १–१ विकेट लिए ।
प्रदेश २ की अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान दिइन् । यस्तै शोभा आलेले १३ रनको योगदान दिइन् । हारसंगै प्रदेश दुई प्रतियोगिताबाट बाहिरीएको छ ।
एपीएफका लागी कप्तान सीता राना मगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । रेखा रावल, करुणा भण्डारी, इश्वरी बिष्ट र राजमती ऐरीले समान १–१ विकेट लिए ।
आइतबारनै सम्पन्न अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ९ विकेटले हराउँदै एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको हो । ३५ रनको अन्यन्तै सामान्य लक्ष्य पाएको लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाउँदै पुरा ग¥यो । ओपरन गीता गोसाई ४ रनमा एलबीडब्लु आउट हुन पुगिन् । कप्तान नेरु थापा १० बलमा २ चौका सहित ९ रनमा अविजित रहिन् । सरस्वती गंगा मगर ३ रनमा अविजित रहिन् । कर्णालीको लागी अन्जु गुरुङले १.१ ओभरमा एक विकेट लिइन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली निर्धारित १३ ओभरमा ६ विकेट गुमाउँदै ३४ रनमा समेटियो । कर्णालीका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दीक्षा पुरीले ८ रन बनाइन् । अंशु शाक्य ७ रनमा अविजित रहिन् । तृष्णा विश्वकर्मा, मोनिका राना र कप्तान लक्ष्मी रिमाल २–२ रनमा आउट भए । अन्जु गुरुङ र आयुषा तण्डुन १–१ रनमा आउट हुन पुगिन । लक्ष्मी पुरी शुन्यमा अविजित रहिन् । लुम्बिनीको लागी कप्तान नेरु थापाले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । सरिता जिसी र गीता गोसाईले समान १–१ विकेट लिइन् ।





