शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एपिएफ समुह विजेता

एपिएफ समुह विजेता


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७७, सोमबार

पोखरा,१३ पुष–दाङको लमहि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफ समुह ए को विजेता बन्न सफल भएको छ । एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको एपिएफ र लुम्बिनी प्रदेश सोमबार एक आपसमा भिडेका हुन । एपिएफले लुम्बिनीलाई ६१ रनले हराउँदै समुह विजेता बनेको हो भने हार व्होरेको लुम्बिनी उपविजेता बन्दै सेमिफाइन प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रनको योगफल तयार गरेको थियो । एपिएफकी ओपनर ज्योती पाण्डे अर्धसतक बनाउनबाट एक रनले चुकिन् । उनले ५४ बलमा १ चौका प्रहारगर्दै सर्वाधिक ४९ रनको योगदान दिइन् । राजमती ऐरी ११ रनमा आउट हुन पुगिन् । इन्दु वर्माले ३० बलमा ४ चौका प्रहार गर्दै २८ रनको योगदान दिइन् । ममता चौधरीले ५ बलमा १ चौका प्रहार गर्दै ४ रन बनाइन् । सरीता मगर १० र सोनु खड्का २ रनमा अविजित रहिन् । सरीताले ६ बलमा एक चौका प्रहार गरिन् ।
लुम्बिनीको लागी कप्तान नेरु थापाले २ तथा सरस्वती पुन र कार्तिका मर्सानीले समान एक एक विकेट लिइन् ।
एक सय २३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र ६१ रन बनाउन सक्यो । लुम्बिनीको लागी लक्ष्मी चौधरीले ११ र सरस्वती पुनले १० रन बाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंक बटुल्न सकेनन् ।
एपिएफलाई जित दिलाउन करुणा भण्डारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावलले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर १ तथा सोनु खड्काले १ विकेट लिइन् । सोमबारनै भएको सोहि समुहको अर्को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई १ सय ४३ रनले हराएको छ । दुबै टोली यस अघि नै बाहिरीको हो ।
अब प्रतियोगितामा समुह बि अन्तर्गतका खेलहरु हुनेछन् । समुह बि मा गण्डकी प्रदेश सहित बाग्मती, सुदुरपश्चिम र प्रदेश १ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->