शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आर्मी एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो क्लब

आर्मी एएफसी लाइसेन्स प्राप्त गर्ने पहिलो क्लब


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

पोखरा,१५ पुष– त्रिभुवनी आर्मी क्लब एशिया फुटबल संघ (एएफसी) क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो टोली बनेको छ । नेपालका ए डिभिजन क्लबहरुले केहि महिना अघि एएफसीमा क्लब लाइसेन्सको लागी आवेदन दिदाँ उचित मापदण्ड नपुगेको भन्दै आवेदन रद्द गरेको थियो ।
तर त्रिभुवन आर्मी क्लबले आवस्य मापदण्ड पुरा गरेपछि क्लब लाइसेन्स प्राप्त गरेको हो । आर्मी हेडक्वार्टरमा बुधबार आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आर्मीका प्रधानसेनापति पूर्णचन्द्र थापालाई क्लब लाइसेन्स प्रदान गरेका थिए ।
आर्मीले राष्ट्रिय खेलकुद परिषद्मा छुट्टै क्लब दर्ता समेत गराएर लाइसेन्सको लागी प्रक्रिया अगाडि बढाएको थियो । यस अघि पनि एएफसीले आर्मीले क्लब आवेदनको प्रक्रिया उत्कृष्ट रहेको बताएका थिए ।
लाइसेन्सका लागि मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, नेपाल पुलिस क्लब, जावलालेख युथ क्लब, संकटा क्लब, फ्रेण्ड्स क्लब, हिमालयन शेर्पा, सरस्वती क्लब, ब्रिगेड ब्वाइज क्लब, शसस्त्र प्रहरी बल,मच्छिन्द्र क्लब, न्युरोड टिम र च्यासल युथ क्लबले निवेदन दिएका थिए । तर कुनैपनि क्लबले मापदण्ड पुरा गर्न सकेका छैनन् ।

तस्वीर सौजन्य/एन्फा

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->