शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो खेलमा समेत गण्डकीको निराशजनक हार

दोस्रो खेलमा समेत गण्डकीको निराशजनक हार


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०७७, बुधबार

पोखरा,१५ पुष–दाङको लमही रंगशालामा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले दोस्रो खेलमा समेत निराशजनक हार व्यहोरेको छ ।
समुह बि अन्तर्गतको बुधबारको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशसंग ६५ रनको निराशजनक हार व्यहोरेको हो । १ सय ५४ रनको विजयी लक्ष्य पाएको गण्डकीले निर्धारीत २० ओभरको खेलमा ५ विकेट गुमाउँदै ८८ रनमात्र जोड्न सफल भयो । गण्डकीको लागी सृष्टि पौडेलले ३० र कप्तान शिला क्षेत्रीले २६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । पौडेलले ४४ बलमा २ चौका प्रहार गरिन् भने क्षेत्रीले ५० बलमा एक चौका प्रहार गरिन् । एलिशा लामिछाने ६ रनमा, सिमना केसी ५, तथा पूर्णता शाहि र प्रमिला बानियाँले समान २–२ रन जोडिन् । बाग्मतीको लागी अष्मिना कर्माचार्य,सुमन खतिवडा, आरति विदारी र निशा तामाङले समान एक एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले निर्धारीत २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रनको बलियो योगफल तयार पारेको थियो । बाग्मतीका लागी ओपनर विन्दा कट्वालले ५८ बलमा ३ चौका प्रहार गर्दै ३८ रनको योगदान दिइन् । सुमन खतिवडाले २६ बलमा ४ चौका प्रहार गर्दै ३१ रनको महत्वपूर्ण योगदान दिइन् । त्यसतै अर्की ओपनर कञ्चन श्रेष्ठले २७ रन बनाइन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । आरति विदारी १० तथा अष्मिना कर्माचार्य ८ रनमा अविजित रहिन् । गण्डकीका लागी एलिशा लामिछानेले २ विकेट लिइन् । यो संगै गण्डकीको यात्रा भने करिब करिब अन्त्य भएको छ । समुह बि अन्तर्गतकै अर्को खेलमा प्रदेश १ ले सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->