बागलुङ, १६ पुस– कोरोना महामारीका कारण शुनसान रहेको बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय पञ्चकोटमा आन्तरिक पर्यटक देखिन थालेका छन् । यहाँ निर्माण भएका संरचनाका अवलोकन गर्नका लागि साविकको धौलागिरी र गण्डकीबाट पर्यटकहरु पञ्चकोट आउने गरेका हुन् । विद्यालयहरु समेत सञ्चालनमा आएकाले विद्यार्थीलाई अवलोकन भ्रमणमा ल्याउने क्रम समेत सुरु भएको छ । बिदामा घुम्नकालागि पञ्चकोट पुग्ने कर्मचारीहरुको समेत धेरै उपस्थिती देखिन्छ ।

तस्विरः तारानाथ आचार्य





