शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आँधीखोलाका किसानलाई यान्त्रिक हलो

आँधीखोलाका किसानलाई यान्त्रिक हलो


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७७, आइतबार

स्याङ्जा, १९ पुस– आँधीखोला गाउँपालिका स्याङ्जाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा आईतबार किसानलाई हलो उपलव्ध गराईएको हो । आवेदन परेकामध्ये ८० जना किसानलाई हलो वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
किसानलाई पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर हलो वितरण गरेको गाउँपालिकाले जनाएको छ । प्रविधिले किसानलाई सहयोग गर्ने गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए । ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो, काम गर्ने मान्छे पनि छैनन्,’ उनले भने, ‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौं ।’
कार्यक्रममा उपाध्यक्ष शर्मिलादेवी पौडेलले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएकोले विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गरिन् । युवाहरू विदेश पलायन भएसँगै गोरु पाल्ने तथा खेती गर्ने कार्यमा कमी आएको उनको गुनासो थियो । भौगोलिक रूपमा विकट यस क्षेत्रमा हाते ट्याक्टर वितरण कार्यक्रमले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले चालु वर्षको बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गरे । प्रतिट्याक्टर कुल ५५ हजारमध्ये किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन् । किसानहरूको अत्याधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जनालाई ट्याक्टर वितरण गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->