शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बराह डाँडामा प्रथम वडाध्यक्ष कप हुने

बराह डाँडामा प्रथम वडाध्यक्ष कप हुने


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७७, बुधबार
तमु ल्होसारमा वडास्तरीय खेलाडी छनोटका लागि भएको टोलस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल । फाइल तस्बिर

तनहुँ, २२ पुस– शुक्लागण्डकीको बराह डाँडामा प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजनामा र वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
अट्ठाइस बजार मेलाको अवसर पारेर पुस २६ देखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष टुकबहादुर गुरुङले जानकारी दिए । नगरका १२ वडाका समुहबिच प्रतिष्पर्धा हुने उनले बताए । उनका अनुसार प्रथम हुने समुहले नगद ६० हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ । दोस्रो र तेस्रोले क्रमश ः नगद ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ । नगरका १२ वटै वडालाई सहभागिताको लागि पत्राचार गर्ने गुरुङले बताए ।
शुक्लागण्डकीमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिको नाममा आयोजित यो पहिलो भलिबल प्रतियोगिता हो । युवाहरुको भलिबल खेलप्रतिको मोहलाई बढवा दिन प्रतियोगिता आयोजना गरेको वडाध्यक्ष मनराज गुरुङले बताए । उनले अगाडी भने, ‘कोरोनाको संक्रमण फैलन थालेपछि खेलकुदका गतिविधि ठप्प भएको छ । अहिले अन्य गतिविधि पहिलेकै अवस्थामा सुचारु हुँदा पनि खेलकुद हुन सकेको छैन् । जसका कारण खेलप्रति लगाव भएका युवाहरुमा नैराश्य छाएको बेला उनीहरुको खेल कौशल प्रदर्शनका लागी प्रतियोगिता आयोजना गरेका छौँ ।’ उनका अनुसार यो प्रतियोगिताले नगरस्तरीय भलिबल टिमका लागी खेलाडी छनौट गर्न सघाउने छ । फिरफिरेले भने तमु ल्होसारको अवसरमा ढोर लामागाउँमा टोलस्तरीय भलिबल प्रतियोगिता गरेर वडास्तरीय टिमका लागि खेलाडी छनोट गरिसकेको छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैयाँ लाग्ने अनुमान छ । वडाले १ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । बाँकी रकम सहयोग उठाउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->