शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान

न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई अभ्यास आदान प्रदान


  • Dhorpatan News
  • पुष २५ २०७७, शनिबार

वालिङ, २५ पुस– वालिङ नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताबीच सिकाई तथा अभ्यास आदान प्रदान गरिएको छ ।
द एशिया फाउण्डेशन नेपालको सहयोग, वालिङ नगरपालिकाको समन्वय र प्राकृतिक द्वन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजनामा शुक्रबार वालिङमा सिकाई तथा अभ्यासहरुको आदान प्रदान गरिएको हो ।
न्यायिक समिति तथा १४ वटै वडामा रहेका मेलमिलाप केन्द्रका संयोजकहरु सहभागी भएको सो कार्यक्रममा न्यायका क्षेत्रमा वडामा भएका असल अभ्यासहरु, समस्या लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिलीपप्रताप खाँणले वडामा स्थापना भएका मेलमिलाप केन्द्रमार्फत मेलमिलापकर्ताहरुले फाटेका मनहरु सिलाउने गरी न्याय सम्पादन गर्न सुझाव दिए ।
“न्याय सम्पादन गर्ने क्रममा मन फटाल्ने गरी नभई फाटेका मनहरुलाई सिउने गरी न्याय सम्पादन गर्नतर्फ जोड दिनुहोस्” नगर प्रमुख खाँणले भने, “जसरी भएपनि सर्वमान्य हिसावमा न्याय पाएको अनुभुति होस्, न्याय मर्न दिनुहुँदैन भन्ने कुरा ख्याल गर्नुपर्छ ।”
कार्यक्रममा उपप्रमुख एवं न्यायिक समिति संयोजक कल्पना तिवारीले मेलमिलाप केन्द्रमार्फत हेर्न मिल्ने विवादहरु मात्रै मिलापत्र गराउनुपर्नेमा जोड दिइन । उनले मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाउनका लागि आवश्यक तालीम तथा अध्ययन अवलोकन भ्रमणको ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->