शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

खेलकुदमा आग्रह पूर्वाग्रह राख्न हुँदैन : सदस्य सचिव सिलवाल

खेलकुदमा आग्रह पूर्वाग्रह राख्न हुँदैन : सदस्य सचिव सिलवाल


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०७७, आइतबार

पोखरा, २६ पुस– राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन ।
नेपाल तेक्वान्दो संघको वार्षिक साधारण सभामा सभामा राखेप सदस्य सचिब सिलवालले उक्त कुरा बताएका हुन । खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि वढेको बताउँदै उनले भने–“खेलकुद विकास लाई गति दिने हो भने कोही कसै सँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन ।”
कोभिड–१९ का कारण थला परेको खेलकुदलाई माथी उठाउन प्रशिक्षण तथा प्रतियोगिताहरु सुचारु गर्न आग्रह गर्दै सदस्य सचिब सिलवालले अव नतिजा परिणाममुखी खेलहरुको वर्गिकरणका लागि राखेपले काम शुरु गर्ने बताए । अर्को एक प्रसङ्गमा उनले अव नेपालमा निर्माण हुने खेलकुद पूर्वाधारहरु निजी क्षेत्रको सहभागितामा निर्माण गरिने समेत बताए ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले स्थानीयस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राखे ।
नेपाल तेक्वान्दो संघका महासचिब दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तीलाई एकिकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि बढ्ने धारणा राखे ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भोज बहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगायतले आफ्ना भनाई राखेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->