पोखरा, २८ पुष –नेपाल खेलकुद पत्रकार मञ्चले मगंलबार आयोजना गरेको पल्सर स्पोर्टस पिपल्स च्वाइस अवार्ड नेपाली राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाहीले प्राप्त गरेकी छन ।

यस वर्षको अवार्डमा भने महिला खेलाडीको बर्चस्व रहेको छ । म्याग्दीकी शाहिले सर्वाधिक मत ल्याउँदै अवार्ड हात पारेकी हुन । उनले चार जना प्रतीस्पर्धीलाई पछिपार्दै अवार्ड हात पारेकी हुन । शाहीले ३७.५२ प्रतिशत मत ल्याउँदा करातेँका मन्देकाजी श्रेष्ठले २८.४७, बास्केटबलकी सदिना श्रेष्ठले १३ र स्विमिङकी गौरीका सिंहले १३ तथा फुटबलकी सावीत्रा भण्डारीले ७ प्रतिशत मत ल्याएकी थिइन् ।

तेक्वान्दोकी आयषा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले स्पेशल अवार्डबाट सम्मानित भएका छन । तेक्वान्दोका मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठ वर्ष उत्कृष्ट प्रशिक्षक घोषित भएका छन ।

पारा क्रिकेट टोलीका कप्तान एवम् बास्केटबल र टेबल टेनिसका समेत खेलाडी रहेका दिगमसिंह चेम्जोङ पारा एथलेटिक्स अवार्डबाट सम्मानित भएका छन ।

सुवास तामाङ वर्ष उत्कृष्ट खेलाडी घोषित भए ।


वर्ष खेलाडि महिला अवार्डबाट गौरीका सिंह सम्मानित भइन् । वर्ष खेलाडी पुरुष अवार्डबाट मन्देकाजी श्रेष्ठ सम्मानित भए । टेबल टेनिसका सिजरन शाह र गीता क्षेत्री लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । महिला भलिबल टिम ‘टिम अफ दि इयर’ बाट सम्मानित भएको छ । । (तस्वरि स्रोत ः पल्सर स्पोर्टस् अवार्ड २०७७ )





