शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देउराली–पञ्चासे सडकको शिलान्यास, दुई बर्षमा काम सकिने

देउराली–पञ्चासे सडकको शिलान्यास, दुई बर्षमा काम सकिने


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०७७, बुधबार

स्याङ्जा, २९ पुस– आँधीखोला गाउँपालिका वडा नं ४ स्थित सेपत–भर्स्याब–देउराल– पञ्चासे सडक निर्माणको शिलान्यास गरिएको छ । सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने कार्यको गाउँपालिका अध्यक्ष सुधिरकुमार पौडेलले मंगलबार शिलान्यास गरेका हुन् । सडकको निर्माण कार्य दुई वर्ष भित्रमा सम्पन्न गर्नेगरी गाउँपालिका र ठेकेदार कम्पनी बीच सहमति भएको गाउँपालिकाले जनाएको छ ।
सडक निर्माणका लागि रु ११ करोड ४ लाख ५५ हजार ८ सय २ मा टेन्डर गरिएकोमा ४०.९९ प्रतिशत ठेक्का घटेर रु ६ करोड ५१ लाख ७५ हजार ३ सय ५७ मा सिंह एण्ड ब्रदर्स, संस्कृति श्री चम्पेश्वर जेभी कलंकी काठमाडौंले सडक निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७७ पुष ५ गते सम्झौता भएको र आगामी २०७९ पुस ५ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताए । आँधीखोला गाउँपालिकाका वडा नं ४ का वडाध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षता सम्पन्न भएको शिलान्यास कार्यक्रमको सञ्चालन स्थानीय समाजसेवी सिंहबहादुर क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->