शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एन्फा र नेपाल पुलिसबिच फुटबल एकेडेमी संचालन सम्झौता

एन्फा र नेपाल पुलिसबिच फुटबल एकेडेमी संचालन सम्झौता


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७७, आइतबार

पोखरा, ४ माघ– अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल पुलिस क्लब बिच फुटबल एकेडेमी संचालनको लागि सम्झौता भएको छ ।
अब नेपाल पुलिसले पनि आफ्नै फुटबल एकेडेमी संचालन गर्ने भएको छ । आइतबार एन्फा र पुलिसले सम्झौतापत्रमा पत्रमा हस्ताक्षर गर्दै एकेडेमी संचालन गर्ने भएको हो ।
एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा र पुलिस क्लबको तर्फबाट प्रहरी महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी मुख्यालय नक्सालमा हस्ताक्षर गरेको हो । अब पुलिसले आफ्नै विधालयमा एकेडेमी संचालन गर्नेछ । सम्झौता अनुसार प्रहरी विद्यालयका ७, एन्फाले छनौट गरेका ७ र भर्ना हुन चाहाना भएका ७ खेलाडिलाई एकेडेमीमा राखिने छ । एन्फाले चार वर्षसम्म प्राविधिक सहयोग गर्नेछ । त्यसतै दुई वर्षको लागि खेलाडि र खेल सामग्री समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->