शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला फुटबल राष्ट्रिय लिग : नेपाल पुलिसको फराकिलो जित

महिला फुटबल राष्ट्रिय लिग : नेपाल पुलिसको फराकिलो जित


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०७७, शुक्रबार

पोखरा,९ माघ– काडमाण्डौँमा जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले चौदन्डिगढ नगरपालिकालाई ६–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै लिगमा पहिलो जित हात पारेको हो । पुलिस यस अघि त्रिभुवन आर्मी क्लबसंग बराबरीमा रोकिएको थियो ।
पुलिसको जितमा रेखा पौडेल र अमृता सैसीले २–२ तथा सृजना खड्का र निर्मला वि.क.ले १–१ गोल गर्दै जित फराकिलो जित दिलाएका हुन् । पहिलो हाफमै ४ गोलको अग्रता लिएको पुलिसले दोस्रो हाफमा भने २ गोलमात्र गर्न सफल भयो ।
रेखाले खेलको २८ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहारले सोझै जाली चुमुको थियो । यस्तै खेलको ४० औँ मिनेटमा अमृताले डि एरियाबाट गरेको उत्कृष्ट प्रहार चौदन्डिगढकी गोलरक्षक देविका श्रेष्ठको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।
८९औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरिन् । खेलको प्लेयर आफ् दी म्याच पुलिसकी सृर्जना खड्का घोषित भइन् उनले नगद पाँच हजार रुपैँयाको साथमा ट्रफी हात पारिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->