शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

महिला लिग : चन्द्रपुरको सहज जित

महिला लिग : चन्द्रपुरको सहज जित


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७७, सोमबार

पोखरा, १२माघ –राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाले फराकिलो जित हासिल गरेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ७–१ को फराकिलो गोल अन्तरले पहिलो जित हात पारेको हो । खेलको २२ औँ मिनेटमा नै चौदण्डीगढीकी अन्जना थुलुङले गोल गर्दै अग्रता लिए पनि टिकाउन नसक्दा फराकिलो हार व्यहोर्न बाध्य भएको हो । पहिलो हाफको अन्यत्यसम्म १–० ले पछि परेको चन्द्रपुरले अन्त्यमा कम्ब्याक गर्दै खेलमा फर्किएको थियो ।

सविता रानामगरको ह्याट्रिकसंगै चन्द्रपुरले सान्दार जित हात पारेको हो । चन्द्रपुरका लागि दिलकुमारी रानामगरले २, रजनी थोकर र सुनिता भोलानले समान १–१ गोल गरिन् । पहिलो हाफ इन्ज्युरी समयको दोस्रो मिनेटमा सविता रानामगरको कर्नरमा दिल कुमारी रानामगरले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->