पोखरा,१३ माघ–त्रिभुवन आर्मी फुटबल क्लबमाथि सशस्त्र प्रहरीबल एपिएफले २–० को जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ ।
एन्फा एकेडेमीको खेलमैदानमा जारी राष्ट्रिय महिला लिग अन्तर्गत मंगलबारको खेलमा आर्मीलाई हराउँदै एपिएफ लिगतालिकाको शीर्षस्थानमा उक्लिएको हो ।
खेलको २७औं मिनेटमा अन्जली योन्जनले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाईन् । उनले सावित्रा भण्डारीको पासमा गोल गरिन् ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् ।





