स्याङ्जा, १४ माघ– कोरोना भइरसविरुद्धको भ्याक्सिन स्याङ्जा पनि लगाउन शुरु गरिएको छ । स्याङ्जा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन चिकित्सक सुशिल मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्याङ्जामा पहिलो खोप लगाएर जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
बुधबार दुई सय ५० जनालाई खोप लगाइनेछ । सरकारले जिल्लाका लागि पठाएको भ्याक्सिन पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने कर्मचारीहरुलाई लगाउने स्वास्थ्य कार्यालय स्याङ्जाका यामप्रसाद शर्माले जानकारी दिए ।





