शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सावित्राको ह्याट्रिकमा एपिएफको सहज जित

सावित्राको ह्याट्रिकमा एपिएफको सहज जित


  • ढोरपाटन सम्वाददाता
  • माघ १५ २०७७, बिहिबार

पोखरा,१५ माघ– राष्ट्रिय महिला लिग फुटबलमा निकै उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी सावित्रा भण्डारीले चौथो खेलमा समेत ह्याट्रिक पुरा गरेकी छन् । निकै लयमा रहेकी सावित्राको नेपाली महिला लिगमा ह्याट्रिक सायदै दुर्लभ हुने अपेक्षा गरीएको छ । लिग दाबेदार समेत रहेको एपिएफले आफ्नो चौथो खेलमा नेपाल पुलिस क्लबलाई ३–० को फराकिलो गोल अन्तरले पाखा लगायो । जस्को नायक सावित्रा बनिन् ।
एन्फा एकेडेमीको खेलमैदानमा जारी लिग अन्तर्गत बिहीबार भएको खेलको ३२ औं मिनेटमा सावित्रा भण्डारीले पहिलो गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । पहिलो हाफ १–० ले अघि बढेको एपिएफले दोस्रो हाफमा थप दुई गोल गर्दै तेस्रो ह्याट्रि पुरा गरिन् । उनले खेलको ५६ र ८४ औं मिनेटमा गोल गरिन्् । जारी लिगमा उनको गोल संख्या १० पुगेको छ । जितसँगै अपराजित रहेको एपिएफको ४ खेलबाट १२ अंक सहित शिर्षस्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->