शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राष्ट्रिय महिला लिग : एपिएफ शीर्ष स्थानमा

राष्ट्रिय महिला लिग : एपिएफ शीर्ष स्थानमा


  • ढोरपाटन सम्वाददाता
  • माघ १७ २०७७, शनिबार

पोखरा, १७ माघ– राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई निरन्तर दिदैँ नेपाल सस्शत्र प्रहरी बल (एपिएफ) ले शीर्ष स्थान यथावत राखेको छ ।
उपाधिको दाबेदार विभागीय टोली एपिएपले लिगमा लगातार पाँचौ जित दर्ता गरेको छ । शनिवार भएको खेलमा एपिएफले वालिङ नगरपालिका स्याङ्जालाई ३–० गोल अन्तरले पाखा लगाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारी (सम्बा) ले २ गोल गरिन् । अर्को गोल प्रिति राईको नाममा रह्यो । खेलको १३औं मिनेटमा सावित्राले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाइन् । मनमायाँ लिम्वुको लामो पासलाई नियन्त्रणमा लिदै गोलरक्षक अघि बढेको अवस्थामा सावित्राले खाली पोस्टमा गोल गर्दा डिफेन्डर कियोमेग्ने जोमो भेनेस्सा नोइल्लीले बचाउने मौका नै पाइनन् । खेलको ७१औं मिनेटमा प्रिती राईले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । खेलको ७५औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एपिएफको जित पक्का गरिन् । उनी लिगको सर्वाधिक गोलकर्ता पनि हुन । सावित्राले लिगमा व्यक्तिगत १२ गोल गरेकी छन् ।
एपिएफले दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगर महानगरपालिका मोरङलाई ८ अंकले पछि पारेको छ । यद्दपि आर्मी र विराटनगर महानगरपालिकाले एक खेल कम खेलेका छन् । पराजित वालिङ ५ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->