पोखरा,१८ माघ–काठमाण्डौँमा जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सावित्रा भण्डारीले एकै खेलमा एक दर्जन अर्थात १२ गोल गरेकी छन् । जारी लिगमा हालसम्मकै उच्च र दुर्लभ गोल हो । सस्शत्र प्रहरी बल (एपिएफ) की फरवार्ड सावित्रा भण्डारीको १२ गोल मद्दतमा विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि २२–० को फराकिलो जित निकालेको छ ।
लिगमा निकै जमेकी लेडि रोनाल्डो सावित्राले खेल सुरु भएको पाँचौ मिनेटमा नै गोल गर्दै अर्गता दिलाईन् । एपिएफले खेल सुचारु भए देखि नै उदयपुर माथि निकै हाबि भयो । पहिलो हाफमा १२ गोल गरेको एपिएफले दोस्रो हाफमा समेत १० गोल गरेको थियो ।
एपिएफको जितमा सावित्राले १२, कप्तान अनु लामाले ५,अनिता बस्नेतले ह्याट्रिक,सरु लिम्बु र रेनुका नगरकोटीले समान १–१ गोल गरेका थिए ।
जितसँगै अपराजित रहेर एक गोल पनि नखाएको एपिएफको ६ खेलबाट १८ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई ८ अंकले पछि पारेको छ ।





