बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

लोकतान्त्रिक खेलकुदको प्रदेश र जिल्ला संयोजक घोषणा हुँदै

लोकतान्त्रिक खेलकुदको प्रदेश र जिल्ला संयोजक घोषणा हुँदै


  • ढोरपाटन संवाददाता
  • माघ १९ २०७७, सोमबार

पोखरा, १९ माघ–नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखरामा हुने भएको छ ।
संघले ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको घोषणा माघ २१ गते गर्ने संघका केन्द्रियअध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए । पूर्व सञ्चारमन्त्री, नेपालीकांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले संयोजक घोषणा गर्ने कार्यक्रम रहेको उनको भनाई छ । नेपाली कांग्रसको पार्टी कार्यालयमा बिहान ११ बजे संयोजक घोषणा गरिनेछ,’ उनले भने, ‘लामो समय निस्क्रिय रहेको लोकतान्त्रिक खेलकुद संघ अब नयाँ नयाँ कार्यक्रम लिएर गाउँ गाउँमा जानेछ ।’
सोही दिन प्रदेशमा हुने खेलकुद गतिविधीको पनि जानकारी गराईनेछ । जिल्ला संयोजक घोषणा भईसकेपछि उनिहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष शेरचनले जानकारी दिए । खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउनका लागि लोकतन्त्रप्रेमी खेलाडीहरु लाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो । संघले स्थापना भएदेखि नै खेलकुद क्षेत्रको विकासमा उल्लेखनिय भूमिका खेल्दै आएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->