बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

राष्ट्रिय महिला लिग : विराटनगरसँग पुलिस १–० ले स्तब्ध

राष्ट्रिय महिला लिग : विराटनगरसँग पुलिस १–० ले स्तब्ध


  • ढोरपाटन सम्वाददाता
  • माघ २१ २०७७, बुधबार

पोखरा २१ माघ– काडमाण्डौँमा जारी राष्ट्रिय महिला लिगमा विभागीय क्लब नेपाल पुलिस विराटनगर महानगरपालिका मोरङसँग १–० ले स्तब्ध बनेको छ ।जारी लिगमा विभागीय टोलीले मोफसलको टोलीसँग यो पहिलो हार बेहोरेको हो । एन्फा एकेडेमी खेल मैदानमा बुधबार भएको खेलमा बिराटनगरको जितमा पार्वती घलेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । जारी लिगमा बिराटनगरको यो तेस्रो जित हो । पुलिसको यो दोस्रो हार हो । पुलिस यसअघि एपिएफसँग पराजित भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको नवौं मिनेटमा पार्वती घलेले गोल गर्दै बिराटनगरलाई १–० को अग्रता दिलाईन् । मनिषा थापामगरको क्रस प्रयासलाई पुलिसकी डिफेन्डर मनी गुरुङले क्लियर गर्न नसकेको बललाई पार्वतीले जाली चुमाएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->