स्याङ्जा, २३ माघ– स्याङ्जाको फेदीखोलामा अवस्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयले ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयको वार्षिक उत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घघाटन गरे । अध्यक्ष सुवेदीले सो अवसरमा कक्षागत तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरे ।





